सेती प्रयोगशालामा ४६४ जनाको कोरोना परीक्षण, एकजनामा संक्रमण पुष्टि
२०७७ भदौ १९, ०३:१८
धनगढी–सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की २६ बर्षीया युवतीमा संक्रमण पुष्टि भएको बताए।
यस्तै सेती प्रादेशिक अस्पतालमा १९ महिला र १७ पुरुष गरी ३६ जना संक्रमितको उपचार भईरहेको छ।
कमेन्ट लोड गर्नुस