सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छुट्टाछुट्टै मोटरसाईकल दुर्घटनामा परी पाँच जना घाईते

फाईल फोटो
फाईल फोटो
२०७७ भदौ १९, ११:४९ खबर संवाददाता

धनगढीः कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका मोटरसाईकल दुर्घटनामा परी पाँच जना घाईते भएका छन्। बीहिबार जिल्लाको कैलारी गाउँपालिका र लम्कीचुहा नगरपालिकामा भएका दुई वटा दुर्घटनामा पाँच जना घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलारी गाउँपालिकाको हसुलियामा से ७ प ३७३८  र से ४प ५२२७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन्।

घाईते हुनेमा सोही गाउँपालिकाको वडा नम्बर ६ का ३२ वर्षीय मोटरसाईकल चालक सन्तोश चौधरी र अर्का ४० वर्षीय चालक दिनेश चौधरी रहेका छन्।

उनीहरको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकल भने ईलाका प्रहरी कार्यालय हसुलियाले नियन्त्रणमा लिएको छ।

यस्तै बीहिबार नै पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका १० मा मोटरसाईकलले पैदल हिडिरहेका र साईकल यात्री गरी दुई जनालाई ठक्कर दिदा घाईते भएका छन्।

सुपप्र ०१००८प ८१६ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री जोशीपुर गाउँपालिका ६ का ३५ वर्षीय अम्बर डगौरा र लम्कीचुहा नगरपालिका १० का ३५ वर्षकै लाहुराम चौधरी रहेको प्रहरीले जनाएको  छ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल चालक लम्कीकै रवी डगौरा गम्भीर घाईते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। 

कमेन्ट लोड गर्नुस