सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा खानेपानी र विद्युतको योजना भत्काउने ७ जना पक्राउ, वडाध्यक्ष फरार

२०७७ भदौ १७, ०४:१३ खबर संवाददाता

अछाम– अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको आरोेप लागेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको भन्दै वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढा र वडा नम्बर ६ का अध्यक्ष पूर्ण रावलसहितका विरुद्ध स्थानीयले उजुरी दर्ता गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले वडा अध्यक्षलाई पनि पक्राउ गर्न अदालतले अनुमती दिईसकेको बताउँदै उनीहरुको खोजी भईरहेको बर्ता। 
 

कमेन्ट लोड गर्नुस