सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

२०७७ भदौ १५, ०३:२१ खबर संवाददाता

महोत्तरी: कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ। महोत्तरीको मनरा सिसवा –४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले बताए। उनका अनुसार मृतक एक निजी स्वास्थ्य संस्थामा कार्यरत थिए। 

उनी भदौ ७ गते बिरामी भएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो। मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई  स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

कमेन्ट लोड गर्नुस