बैतडीमा निषेधाज्ञा लम्बियो
बैतडी: बैतडीमा कायम गरिएको निषेधाज्ञा भदौ २१ गतेसम्म लम्बिएको छ। भदौ ८ देखि जारी भएकोे निषेधाज्ञा आज राति(आइतबार) १२ बजे सकिदै थियो।
आज बसेको जिल्ला सुरक्षा समिति र जिल्ला स्तरीय कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको उनले बताए।