कोरोनाबाट थप एक महिलाको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो। उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो।
तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।