सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप दुई जनाको मृत्यु

२०७७ भदौ १३, ११:५५ खबर संवाददाता

कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको आज विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन्। उनको शनिबार बिहान मृत्यु भएको हो।

यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो। उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस