कोरोनाबाट थप एक जनाको मृत्यु
कोरोना भइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो।
मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेका ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान लगिएको थियो। कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ।