सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यून गुणस्तरको भारतीय औषधि फिर्ता गर्न निर्देशन

२०७७ भदौ १३, ०९:१० खबर संवाददाता

औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ।

एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न र नेपालमा बिक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ। 

यो औषधि भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेको हो। यो औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस