सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पहिरो पीडितलाई आर्थिक सहयोग

२०७७ भदौ ११, ०६:१६ खबर संवाददाता

बैतडी: बैतडीको सुर्नया गाउँपालिका –५ का पहिरो पीडित परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ। पहिरो पीडित बिरबहादुर मडै, दिनेश मडै र केशव मडैको परिवारलाई आर्थिक सहयोग गरिएको स्थानीय निराजन मडैले बताए। 

अविरल वर्षासंगै गएको पहिरोबाट प्रभावितहरुका लागि काठमाडौंमा रिजन मडैले अभियान संचालन गरेर ३३ हजार ५ सय संकलन गरेका थिए। उक्त रकम मध्ये वीरबहादुर मडैलाई १३ हजार ५ सय, दिनेश मडैलाई १० हजार र केशव मडैलाई १० हजार आर्थिक सहयोग गरिएको निराजन मडैले बताए। उक्त रकम स्थानीय नरबहादुर मडैले पीडितहरुको घरमै गएर हस्तान्तरण गरेका हुन। 

अविरल वर्षासंगै पहिरो जाँदा सुर्नया ५ का ४ परिवार विस्थापित भएका थिए। भने, ४ जना सामान्य चोटपटक लागेपछि डडेल्धुरामा उपचार पश्चात घर फिर्ता भएका छन्।

कमेन्ट लोड गर्नुस