सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकामा स्वदेश फर्किने नागरिकबाट चार गुणा बढि भाडा असुलिदै

२०७७ भदौ ११, १२:१६ कमल सावद

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाका लक्ष्मण देवकोटा भारतको दिल्लीबाट बुधबार बिहान त्रिनगर सीमा क्षेत्रमा पुगे। नजिककैको सीमावती डोकेबजारमा उनले दिउँसो सम्म सवारी पाएनन्। कारणा थियो, यातायात व्यवसायीले लम्कीसम्मको भाडा आठ सय माग्नु।

उनले भने, ‘गाडी पाइएको थियो। आठ सय भन्दैछ। तर मैले भने धेरै लिदा रहेछन्। प्रहरीलाई भनेको छु। तर साँझ सम्म पाउने भन्दै पर्खाइयो।’ यातायात व्यवसायी र भारतबाट आएका नागरिकबिच सीमा क्षेत्रमा दैनिक भाडामा बार्गेनिङ हुँदै आएको छ।

बुधबार पनि सीमानाकामा भाडामा बार्गेनिङ हुँदै थियो। बैतडीको खोड्पे र अनारखोली सम्मको भाडा साढे तीन हजार माग्दै थिए। उनीहरु बझाङ, बैतडी, दार्चुला लगायतका जिल्ला सम्मको भाडा पाँच हजार बढि तिर्न बाध्य छन्।

डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ का भोजराज ओलीले सीमा क्षेत्रमा भारतबाट आाएका नागरिकहरुले दुःख पाएको बताए। उनले भने, ‘सरकारले गाडीसँग मिलाएको भन्ने छ। तर उनीहरु मनोमानी भाडा लिदैछन्। खै कसैले हेरेको छैन्। बैतडी अनारखोलीको पाँच जनाको १८ हजार लिँदैछन्। सीमामा पनि पानीको समेत सुविधा छैन्।’

त्रिनगर सीमानाकाबाट आलोपालोमा यात्रुलाई गन्तव्यमा लैजाने यातायात व्यवसायीहरुको सहमति भएको छ। एक दिन सुन्दर पश्चिम यातायात व्यवसायी र एक दिन अन्य यातायातका सवारी सञ्चालन हुने भएका हुन्।

सामान्य अवस्थाको भाडाकोे आधा रकम थप गर्दै यात्रुलाई गन्तव्यमा लैजाने सहमती भएको सुन्दर सुदूरपश्चिम  यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले बताए। तर व्यवसायीले चार गुणा बढि भाडा लिएपछि भारतबाट फर्किएका नागरिक समस्यामा परेका छन्।

 कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले यातायातत व्यसायीले बढि भाडा लिएको गुनासो प्रशासनमा पनि आएको बताए।

उनले भने, ‘सवारीको भाडा बढि लिएको गुनासो गरिएको छ। हामीले पनि यातायात व्यवसायीलाई भनेका छौँ। उनीहरुको  मिटिङ पनि भएको छ। अब आलोपालो यातायात सञ्चालनका लागि सहमती भएको छ। भाडा पनि सरकारले तोके अनुसार तिर्ने सहमती भएको छ। नत्र  कारवाही हुन्छ।’  

सार्वजनिक यातायात सहज रुपमा सञ्चालन नभएसम्म सर्वसाधारणलाई यात्रा गर्न पनि मुस्किल बढ्दै जाने देखिएको छ। अहिले सिमित मात्रै सवारी सञ्चालन हुन सकेकाले यात्रा गर्दा न सामाजिक दूरी कायम भएको छ न त सीमा क्षेत्रमा यात्रु खोज्दा सतर्कता अपनाईएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस