सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यालय प्रमुख श्रेष्ठद्धारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

२०७७ भदौ १०, ०९:२० खबर संवाददाता

धनगढीः आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले जन्मदिनमा मानव सेवा आश्रम धनगढीलार्ई आर्थिक सहयोग गरेका छन्।

उनले जन्म दिनको अवसरमा मानव सेवा आश्रमको धनगढी शाखालाई ३ हजार ९ सय आर्थिक सहयोग गरेका हुन्। उनले दुई प्याकेट मिठाई तथा पाँच पेटी पानी समेत सहयोग गरेका आश्रमले जानकारी दिएको छ।

उनको बसोबास काडमाडौँ महानगरपालिका वडा नम्बर ३१ हो। उनी अहिले आन्तरिक राजश्व कार्यालय धनगढीको प्रमुखको जिम्मेवारीमा छन्।

कमेन्ट लोड गर्नुस