धनगढीमा आज थपिए १६ कोरोना संक्रमित
धनगढी : धनगढी उप–महानगरपालिकामा आज १५ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १५ र डडेल्धुरामा भएको परीक्षणमा एक गरी १६ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कोरोना पुष्टि भएका १५ मध्ये १० जनाको मात्रै वडा खुलेको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्वर १ का चार जना, वडा नम्वर ५ का एक जना, वडा नम्वर ७ का दुई जना र वडा नम्वर १२ का तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
अन्य ५ जनालाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको उनले बताए। डडेल्धुराको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएका एक जना भने वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका हुन्। उनी धनगढीकै सानिमा बैंकमा कार्यरत कर्मचारी हुन्। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ।