सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोनाबाट छैठौं व्यक्तिको मृत्यु, यसरी भयो शव व्यवस्थापन

२०७७ भदौ १०, ०५:४२ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। भवानी दल गणका सेनानी डम्बर बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले शव व्यवस्थापन गरेको हो।

गोदावरी नगरपालिका वडा नम्वर ४ गोदावरी सामुदायिक बन ईलाकामा शव व्यवस्थापन गरिएको हो। मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नम्वर ११ का ४५ बर्षीय पुरुषको आज मृत्यु भएको थियो।

धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि हिजो राति उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो भने सेतीमै उपचारका क्रममा मृत्यु भएको हो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ भने कैलालीमा मात्रै ६ पुगेको छ। 

 

कमेन्ट लोड गर्नुस