डोटी परीक्षणमा २ जनामा कोरोना पुष्टि
२०७७ भदौ १०, ०२:००
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ९१ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका दुवै जना अछामका हुन। अछामको मेल्लेख गाउँपालिका -६ र सोही गाउँपालिका वडा नम्बर १ का एक/एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए।
कमेन्ट लोड गर्नुस