सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब कैलालीमा दाहसंस्कारको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आयो..

फाईल फोटो
फाईल फोटो
२०७७ भदौ १०, ०८:३१ खबर संवाददाता

धनगढी : काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भए। अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भयो।

उनको घर बर्दगोरिया गाउँपालिका वडा नम्वर ५ भएकाले दाहसंस्कारको लागि बर्दगोरिया नै ल्याइयो। भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन ग¥यो।

गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत कृष्णदेव जोशीका अनुसार १ गते स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। 

तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाबको चाप बढि भएपछि सेती अस्पतालले एक हजार ८ सय बढिको स्वाब परीक्षणका लागि शनिवार डडेल्धुरा पठायो।

मृतक पुरुषको स्वाब पनि डडेल्धुरा पठाइएको थियो। डडेल्धुरामा मंगलबार भएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ।

‘मृत्युको ९ र दाहसंस्कार भएको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ,’ गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत जोशीले भने, ‘मृतकको रिपोर्ट पोजेटिभ आएपछि मलामी गएका र सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।’

उनका अनुसार झण्डै एक सय जना मलामी गएकाहरु सम्पर्कमा आएका छन् भने मृतकको सम्पर्कमा आएका ४० जनाको आज स्वाब संकलन गर्ने तयारी छ। 
 

कमेन्ट लोड गर्नुस