सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

२०७७ भदौ ९, ०९:३१ खबर संवाददाता

धनगढी : धनगढीको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित बिरामीलाई अहिले सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा सारिएको छ।

संक्रमित भेटिएपछि अस्पतालले आईसियु वार्ड सिल गरेको अस्पतालले जनाएको छ। अन्य सेवा यथावत रुपमा जारी छ। आइसियुमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई आज क्वारेन्टाइनमा राकिएको छ। सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको भोलि पीसीआर परीक्षण गर्ने बताईएको छ।

कमेन्ट लोड गर्नुस