सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ भदौ ९, ०६:३५ खबर संवाददाता

धनगढी : कैलालीमा नौँ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। जिल्लाको बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए।

‘भदौ १ गते ४९ वर्षीय पुरुषको मृत्यु भएको थियो,’ उनले दिनेश खवरलाई भने, ‘उनलाई झाडापखाला पनि लागेको थियो। सुरुमा परीक्षणका लागि धनगढी स्वाब पठाइएको थियो भने त्यहाँ चाप बढि भएपछि डडेल्धुरा पठाइएको थियो। आज कोरोना पुष्टि भएको छ।’

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ भने कैलालीमा पाँच पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस