सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप राहत दिनुपर्ने बझाङवासीको माग

२०७७ भदौ ९, ०३:२५ रासस

बझाङ: सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली जिल्लाको विकास निर्माण, प्राकृतिक विपद् र कोभिड १९ को अवस्थाका बारेमा यहाँ आइ जानकारी लिएको छ। यसक्रममा जिल्ला प्रशासन कार्यालयमा भएको  बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लाको शान्ति सुरक्षा तथा विकास निमार्णका साथै बाढी पहिरोबाट भएको  क्षतिका बारेमा  संसदीय टोलीलाई जानकारी गराएका थिए।  

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाको जोखिम हुन नदिन भएका प्रयास सहित जिल्लाका सिँचाइ डिभिजन, खानेपानी, कृषि ज्ञान केन्द्र, पशु, सडक, पूर्वाधार लगायतका  कार्यालयका प्रमुखले आ-आफ्ना गतिविधिका बारेमा जानकारी गराएका थिए। प्रदेश सभाषद् दीर्घ सोडारीले जिल्लाको विकास निमार्णको अवस्था बुझ्न जिल्ला दौडाहामा निस्केकोे  जानकारी दिए। सो टोलिमा प्रदेश सभाषद अक्कलबहादुर रावल, पुणा जोशी, महेशदत्त जोशी, प्रेमप्रकाश जोशी र गेल्बुसिंह बोहोरा पनि रहेका थिए।

जिल्लामा पहिलो पटक आएको संसदीय टोलीसंग जिल्लाबासीहरुले  सडक, विद्युत्, खानेपानीका समस्याका बारेमा जानकारी गराउँदै  विपद्मा थप राहतको माग गरेका  थिए। 

प्रदेश सरकारबाट जिल्लामा आउने योजनाहरु स्थानीयतहले प्राथमिकता गरेका योजनाहरुमा बजेट नआइ भनसुन र  कार्यकर्तामुखी योजना बढी आएका  नेपाली काँग्रेसका नेता चेतराज बजालले बताए। 

जिल्ला समन्वय समितिका संयोजक खड्क खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले  स्थानीयतहमा काम गर्दाको साह्रो गाह््रो र प्रदेश र स्थानिय तह बीचको समन्वय सहकार्यलाइ जोड दिनुपर्ने सुझाव दिएका थिए।  

कमेन्ट लोड गर्नुस