बैतडीमा आजदेखि निषेधाज्ञा
बैतडीः बैतडीमा आजदेखि निषेधाज्ञा जारी भएको छ। आइतबार बसेको कोभिड –१९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको थियो
निर्णय अनुसार सोमबार राति १२ बजेदेखि १४ गतेराती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। गौरा पर्वको समयमा भिडभाड बड्न सक्ने भएकाले निषेधाज्ञा गरिने उनको भनाइ छ।
सो समयमा स्वास्थ्य तथा अत्याआवश्यक बाहेकका सबै आवतजावत बन्द हुने बताइएको छ। अत्यावश्यक काम बाहेक कसैले बाहिर हिडडुल गर्न नपाइने र निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ।
यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने प्रजिअ जोशीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।