सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी तीन शिक्षिकामा देखियो कोरोना

२०७७ भदौ ८, ०७:०१ खबर संवाददाता

धनगढी: धनगढीमा अध्यापन गराउँदै आएकी तीन जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ। पहिलो पटक शनिवार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की एक शिक्षिकामा संक्रमण पुष्टि भएकोमा आज थप दुई शिक्षिकामा संक्रमण पुष्टि भएको हो।

५ नम्वरकी संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा थप दुई शिक्षिकामा संक्रमण देखिएको हो। आज थपिएका संक्रमित शिक्षिका वडा नम्वर १ र वडा नम्वर ४ की हुन्। 

वडा नम्वर ४ की शिक्षिकाको परिवारका अन्य तीन जनालाई पनि कोरोना देखिएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

शिक्षिकाकी सासु, ससुरा र जेठानीमा पनि संक्रमण पुष्टि भएको हो।

कमेन्ट लोड गर्नुस