सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संक्रमित शिक्षिकाको सम्पर्कमा आएका एकै परिवारका चार जनामा संक्रमण पुष्टि

२०७७ भदौ ८, ०६:२४ खबर संवाददाता

धनगढीः धनगढीमा संक्रमित शिक्षिकाको सम्पर्कमा आएका एकैपरिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की संक्रमित शिक्षिकाको सम्पर्कमा आएका वडा नम्बर ४ का एकै परिवारका चार जनामा कोरोना पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा सोही विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका,  उनका सासु, ससुरा र जेठानी रहेका छन्।

पारिवारिक स्रोतका अनुसार शिक्षिका साउन ३२ गते विद्यालयको एउटा बैठकमा सहभागि भएकी थिईन्।

वडा नम्बर ५ की शिक्षिमा संक्रमण पुष्टि भएपछि परिवारका ७ जना सदस्यको परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो।

यसअघि समान्य ज्वरो आएपछि स्थानीय मेडिकलबाट औषधी लिएर सेवन गरेकी थिईन्। 
 

कमेन्ट लोड गर्नुस