डोटीमा वडा सदस्यको निधन
डोटी: डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ बगलेककी वडासदस्य कलादेवी ओलीको निधन भएको छ। बगलेकको तल्लो रिखडा गाउँमा घर भएकी ३९ वर्षीय उनको सोमबार बिहान निधन भएको वडाअध्यक्ष योगेन्द्र ठकुल्लाले बताए।
वडासदस्य ओलीको कलेजोमा आएको समस्याका कारण मृत्यु भएको बताइएको छ। वडा सदस्यको निधनपछी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए।