सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट आईतबार १४५ जना भित्रिए

२०७७ भदौ ८, ०८:३३ खबर संवाददाता

धनगढी : भारतबाट कैलालीको त्रिनगर नाका हुँदै आईतबार एक सय ४५ जना भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आईतबार दिनभरी एक सय ४५ जना कैलाली प्रवेश गरेका हुन्।

यस्तै ११ जना भारत फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। नाकाबाट भित्रिएका अधिकासं नागरिकलाई आईतबार नै सिधै घर पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहको क्वारेन्टिनमा पठाइएको बताएपनि अहिले अधिकासं स्थानीय तहले क्वारेन्टिन बन्द गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस