अछाममा चट्याङ लागेर ४ जना घाइते
२०७७ भदौ ७, ०३:२८
अछाम: अछाममा चट्याङ लागेर ४ जना घाइते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका –१ मुलिमा चट्याङ लागेर ३५ वर्षीय पुर्णबहादुर भण्डारी, ३३ वर्षीया मोतिकला भण्डारी, १८ वर्षीया तुलक्षा बजगाइ र १५ वर्षीया डिग्रा बज्गाइ घाइते भएका हुन।
घाइते भएका उनीहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस