सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट शनिबार १२९ जना भित्रिए

२०७७ भदौ ७, ०७:२८ कमल सावद

धनगढी : भारतबाट कैलालीको त्रिनगर नाका हुँदै शनिबार एक सय २९ जना भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिनभरी एक सय २९ जना कैलाली प्रवेश गरेका हुन्। यस्तै दुईजना भारतीय नागरिक भारत फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

नाकाबाट भित्रिएका अधिकासं नागरिकलाई शनिबार नै सिधै घर पठाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहको क्वारेन्टिनमा पठाइएको बताएपनि अहिले अधिकासं स्थानीय तहले क्वारेन्टिन बन्द गरेका छन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस