सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पिसिआर प्रयोगशाला सञ्चालन हुँदै

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ६, ०९:०२ रासस

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ कोरोना परीक्षणका लागि पिसीआर प्रयोगशाला सञ्चालनको तयारी गरिएको छ। जिल्ला अस्पतालमा सञ्चालनको तयारी भएको प्रयोगशालाका काम अन्तिम चरणमा पुगेको छ। प्रगोगशाला सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचनाको काम ९० प्रतिशतभन्दा बढी भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए।

प्रयोगशालाका लागि टाइलिङ, वायरिङ, आल्मोनियम पार्टेसनलगायत गरी ९० प्रतिशत काम सम्पन्न भएको छ। उनले भने, “भदौ १२÷१३ गतेदेखि पिसीआर परीक्षण गर्ने गरि काम धमाधम भइरहेको छ।” प्रयोगशालाका लागि गत साउन २१ गते मेशिन बैतडी भित्रिएको छ। उनले भने, “मेशिन जडानको काम पनि थाल्ने तयारीमा छौँ।”

प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति भर्ना गरिरहेको जिल्ला अस्पतालले जनाएको छ। प्रयोगशालाका लागि कर्मचारी यही भदौ ७ गते छनोट हुने र त्यसपश्चात मेशिन जडानको काम हुने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस