सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको महिला आइसोलेसन सेन्टरलाई खाद्यान्न सहयोग

२०७७ भदौ ६, ०७:०७ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई नेपाल–भारत मैत्री संघ कैलाली शाखाले खाद्यान्न सहयोग गरेको छ। उप–महानगरपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरलाई संघले करिब ३२ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको कोभिड –१९ सम्पर्क व्यक्ति तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

नेपाल–भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुरले कोरोना संक्रमित महिलाहरुका लागि खाद्य सामग्री दिन पाउँदा अत्यन्तै हर्षित भएको बताए। 

कोरोनाबाट गर्भवती र केटाकेटी बढि जोखिममा परेकोले महिला आइसोलेसन तथा होल्डिङ सेन्टरको अवधारणा अनुरुप देशकै नमूना आइसोलेसन बनाउन पाउँदा निकै खुशी लागेको अभियन्ता दीपक उपाध्यायले बताए। उनले आइसोलेसनमा रहेका बेला गर्भवतीलाई पोषण खानाका साथै हेरचाहको निकै आवश्यकता पर्ने भएकोले आइसोलेसनमा सम्पूर्ण व्यवस्था रहेको बताए। 

बि पोलिटेक्निक ईन्स्टिच्युटलाई तिन महिनाको लागि भाडामा लिएर आइसोलेसन तथा होल्डिङ सेन्टर संचालन गरिएको अभियन्ता उपाध्यायले बताए। उनले आवश्यकता अनुसार समयावधी थप गर्दै लैजाने बताए।

उक्त सेन्टरबाट कोरोना जित्दै १२ जना यसअघि नै डिस्चार्ज भइसकेका छन भने अहिले आइसोलेसनमा १७ जना महिला र एकजना बच्चासहित ३ जना हेलालु रहेको उप–महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बरालले बताए।

विभिन्न संघ सस्थाहरुको सहयोगमा संचालित आइसोलेसन तथा होल्डिङ सेन्टरलाई कैलाली अस्पतालले मेडिकल सहयोग गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस