लहरेखोकीको घरेलु उपचार
अदुवा: अदुवामा एन्टीब्याक्टेरियल तत्त्व हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ। अदुवा पिँधेर रस निकाल्नुस्। अब त्यसमा मह मिसाएर पिउनुस्। अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ। दिनदिनै अदुवा चपाउँदा पनि लहरेखोकीलाई केही हप्तामा हटाउन सकिन्छ।
बेसार: बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन्। एक चम्चा महमा बेसार मिसाएर खानुस्। यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ। बेसारले रुघाखोकीलाई चाँडो नाश गर्छ।
लसुन: एउटा लसुन मसिनो गरी काटेर पानीमा उमाल्नुस्। अब त्यही पानीले बाफ लिनुस्। दिनदिनै बाफ लिँदा दुई हप्तामा लहरेखोकी ठीक हुन्छ। आहारमा लसुन समावेश गर्नुभयो भने जाडोका समस्याबाट मुक्ति पाइन्छ।
ज्वानो: चार चम्चा जैतूनको तेल तीनचार अलिकति ज्वानो हालेर हलुका तताउनुस्। तेल मनतातो पारेर राति सुत्नुअघि छातीको मालिश गर्नुस्।
मुलेठ: गला खराब हुँदा वा खोकी लाग्दा मुलेठी सेवन गर्नुस्। मुलेठीको एक सानो टुक्रा चुस्ने गर्दा लहरेखोकीबाट राहत प्राप्त हुन्छ।
मह र मूलाको रस: एक चम्चा महमा एक चम्चा मूलाको रस मिसाएर पिउनुस्। त्यसमा सीधे नून मिसाएर पनि पिउन सक्नुहुन्छ। दिनको दुईचोटि पिउँदा खकार र लहरेखोकीको समस्याबाट मुक्ति पाइन्छ।
केसरः लहरेखोकी ठीक पार्नका लागि केसर अचूक औषधि हो। यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वले संक्रमण रोक्नुका साथै रुघाबाट पनि मुक्ति दिन्छ। केसरको स्टिग्मामा आधा कप पानी हालेर घोल्नुस। यो घोललाई दिनदिनै सेवन गर्नुस्।