सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ विमानस्थलको स्तरोन्नति अन्तिम चरणमा

२०७७ भदौ ६, ०४:४८ डीवि विष्ट

बझाङ: बझाङको देवल विमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।

विमानस्थलको कालोपत्रेसहित वरिपरि घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको छ। ट्रमिनल भवन बाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो । 

विमानस्थल सुरु गर्न पटक–पटक दबाब दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो । झण्डै पाँच करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्शनले विमानस्थल स्तरोन्नतिको जिम्मा पाएको थियो। वैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोभिड–१९ ९कोरोना भाइरस० का कारण जारी गरिएको लकडाउनका कारण विमानस्थल निमार्णको काम प्रभावित भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए।

उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने र विमानस्थल सञ्चालनमा आउने डङ्गोलको भनाइ छ। १० वर्षदेखि बन्द रहेको विमानस्थल सुरु हुने भएपछि यहाँका स्थानीय खुसी भएका छन्।

२०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन्। तत्कालीन समयमा ‘शाही नेपाल वायु सेवा निगम’ ले साप्ताहिक रूपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुरसम्म सडकको सहज पहुँच भएसँगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन्। २०६६ सालमा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस