सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट शुक्रवार भित्रए ३१३ जना

२०७७ भदौ ६, ०९:०० खबर संवाददाता

धनगढी : भारतबाट कैलालीको त्रिनगर नाका हुँदै शुक्रवार तीन सय १३ जना भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रवार दिनभरी तीन सय १३ जना कैलाली प्रवेश गरेका हुन्।

यस्तै १३ जना भारतीय नागरिक भारत फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

नाकाबाट भित्रिएका अधिकासं नागरिकलाई शुक्रवार पनि सिधै घर पठाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहको क्वारेन्टिनमा पठाइएको बतचाएपनि अहिले अधिकासं स्थानीय तहले क्वारेन्टिन बन्द गरेका छन्।

बिहिवार सुदूरपश्चिमका तीन वटा प्रयोगशाला मार्फत नौ सय ८५ जनाको कोरोना परीक्षण भएको थियो।
 

कमेन्ट लोड गर्नुस