धनगढी उपमहानगरमा कोरोना संक्रमितको संख्या १७४ पुग्यो
धनगढीः धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ७४ पुगेको छ। बिहिवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका थप ३० जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या एक सय ७४ पुगको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
बिहिवार साँझ भएको परीक्षणमा २७ र राति भएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।
उनका अनुसार वडा नम्वर ३, ४ र ११ का एक÷एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का तीन जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका अधिकासं भारतबाट फर्किएका नागरिक हुन्। उप–महानगरपालिकाले एक सय ३२ जना संक्रमित कोरोना मुक्त भएको दावी गरेको छ।
नयाँ संक्रमितलाई आईसोलेसनमा राख्ने र उनीहरुको सम्पर्कमा आएको व्यक्तिको खोजी सुरु भएको समेत उप–महानगरपालिकाले जनाएको छ।