सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट बिहिवार भित्रए ६६० जना

२०७७ भदौ ५, ०८:१० खबर संवाददाता

धनगढी : भारतबाट कैलालीको त्रिनगर नाका हुँदै बिहिवार ६ सय ६० जना भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिवार दिनभरी ६ सय ६० जना कैलाली प्रवेश गरेका छन्।

एक सय ९० जना भारतीय नागरिक भारत फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

नाकाबाट भित्रिएका अधिकासं नागरिकलाई सिधै घर पठाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने स्थानीय तहको क्वारेन्टिनमा पठाइएको बताए।

तर अहिले अधिकासं स्थानीय तहले क्वारेन्टिन बन्द गरेका छन्। बिहिवार सुदूरपश्चिमका तीन वटा प्रयोगशाला मार्फत एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएको थियो।
 

कमेन्ट लोड गर्नुस