सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक अभावले उपचार नपाएकी बैतडीकी अम्बरा

२०७७ भदौ ४, ०६:२६ खबर संवाददाता

धनगढी: बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ कोयली गाउँकी अम्बरा साउँदले आर्थिक सहयोगका लागि अपिल गरेकी छन्। बाँया आँखा र बाखा खुट्टा अशक्त भएकी १९ वर्षीया अम्मराले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी हुन्।

जन्मजात देखिनै अपांग रहेकी उनको डक्टरहरुले उपचारको सम्भावना रहेको भनेपछिसहयोगका लागि आग्रह गरेको अम्बराले बताइन्। ‘३ वर्ष अगाडी शिविरमा जाँदा डक्टरले उपचार हुन्छ, गराउँनु भन्यो, तर आर्थिक अभावले अहिलेसम्म उपचार गर्न पाएकी छैन्’ उनले भनिन। 

उनको ८ जनाको परिवार रहेको छ। उनका दाइले मात्रै भरिया बोक्ने काम गर्ने हुँदा आर्थिक अभाव भएको अम्बराले बताइन। त्यसै कारण आफुले सहयोगको याचना गरेको उनले बताइन। सहयोग गर्न इच्छुकले ९८४२१९०३४२ मा सम्पर्क गर्न अम्बराले अनुरोध गरेकी छन्।

 

कमेन्ट लोड गर्नुस