दार्चुलामा दुई विप्लव कार्यकर्ता जेल चलान
धनगढी: दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता कारागार चलान भएका छन्। शैल्यशिखर नगरपालिका–९ का वडाअध्यक्ष रामधनी विष्टले चढ्ने १३३२ नम्बरको पल्सर मोटरसाईकलमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो।
गत ८ साउनमा पक्राउ परेका सो पार्टीका कार्यकर्ता चक्र विक र प्रताप ओड जनही ७५/७५ हजार रुपैयाँ धरौटीमा रिहा भएपनि उनीहरुसँगै पक्राउ परेका धनीराम लावड र विष्णुराज लेखकलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदम बिष्टले जानकारी दिए।
लावड र लेखकबाट जिल्ला अदालत दार्चुलाले जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो।