सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौलानी नदीमा बगेर बेपत्ता भएका किशोर मृत फेला

२०७७ भदौ ३, ०२:४७ खबर संवाददाता

बैतडी : चौलानी नदीमा बगेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। मंगलबार बेपत्ता भएका मार्मा गाउँपालिका –२ बनगडाका १६ वर्षीय अशोक विष्ट बैतडीको डिलाशैनी गाउँपालिका २ मटेस्थित चौलानी नदीकिनारमा मृत फेला हुन।

उनी घर नजिकै रहेको चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका थिए। मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालामा राखिएको छ।

कमेन्ट लोड गर्नुस