सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना नियन्त्रणका लागि पञ्चेश्वर गाउंपालिकाद्धारा १ करोड बढी खर्च

२०७७ भदौ ३, ११:४६ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक बर्षमा कोरोना नियन्त्रण तथा व्यवस्थापनमा १ करोड बढी रुपैंया खर्च गरेको छ। गाउँपालिकाकाले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, औषधि खरीद तथा स्वास्थ्य सुरक्षा सामग्री खरीद, राहत वितरण, एम्बुलेन्स व्यवस्थापन, यातायात लगायतका शीर्षकमा एक करोड ४१ हजार ७७६  रकम खर्च गरेको हो।

गाउँपालिकाले सबैभन्दा बढी राहत वितरणमा ६१ लाख ७० हजार २२९ रुपैंया खर्च गरेको गाउँपालिकाका सूचना अधिकारी दिपेन्द्र घटालले बताए। लकडाउनका कारण छाक टार्न मुस्कील भएका नागरिकलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै औषधि खरीदमा ८ लाख ३८ हजार ५९० रुपैंया खर्च गरेको गाउँपालिकाले स्वास्थ्य उपकरण खरीदमा ४ लाख ९० हजार ८ सय रुपैंया खर्च गरेको छ।

यस्तै गाउँपालिकाले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा ७ लाख ४० हजार ९२० रुपैंया खर्च गरेको छ। गाउँपालिकाले कोरोना भाईरस जोखिम न्यूनीकरण अन्तर्गत एम्बुलेन्स व्यवस्थापनमा ५० हजार खर्च गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस