सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरो जाँदा ४ घाईते, २ जना बेपत्ता

फाईल फोटो
फाईल फोटो
२०७७ भदौ ३, ०८:१३ डीवि विष्ट

बझाङ : लगातारको बर्षा संगै बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती पहिरो गएको छ।

पहिरोमा परि चार जना घाईते भएका छन भने २ जना बेपत्ता भयका छन्। घरमाथि बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर बगाएको  छ।

नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका तीन जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।

पहिरोमा परेर ४० बर्षिया पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी  ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन्। घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।

१४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन्।

दुबै जनाको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि गणेश बमले बताए। पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानिय सुरेश कुवँरले बताए। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस