वर्क फर ह्याप्पिसेनद्वारा उग्रतारा मन्दिर परिसर सरसफाई
२०७७ भदौ २, ०७:०९
डडेल्धुरा: वर्क फर ह्याप्पिनेसले डडेल्धुराको उग्रतारा मन्दिर परिसर सरसफाई गरेको छ। मंगलबार समूहका सदस्यहरुले मन्दिर परिसरमा सरसफाई गरेका हुन।
मन्दिर परिसरलाई प्लास्टिकमुक्त बनाउने अभियान थालेकाले प्लास्टिकजन्य फोहोर तथा अन्य फोहर सरसफाई गरी व्यवस्थापन गरेको ह्याप्पिनेसका सदस्य सुरजसिह गैरालले जानकारी दिए।
उनले आगामी दिनमा पनि वर्क फर ह्याप्पिनेसले अन्य कार्यक्रम संचालन गर्ने बताए।
कमेन्ट लोड गर्नुस