सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लगायतको टोली बाजुरामा

२०७७ भदौ २, ०३:५२ खबर संवाददाता

बाजुरा: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगेका छन्। साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दा घरविहीन भएपछि सो क्षेत्रको अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली मंगरबार बाजुरा पुगेको हो।

टोलीमा मन्त्री थापासहित विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुख रहेका छन्।

बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए। 

गृहमन्त्रीकोटोली यसअघि नै बाजुरा आउने भनिएतापनि प्रतिकुल मौसमका कारण आउन सकेका थिएनन्। 

कमेन्ट लोड गर्नुस