सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बालक मृत्यु प्रकरण : १० लाख क्षतिपूर्ती दिने सहमति

२०७७ भदौ २, ०३:२७ खबर संवाददाता

धनगढी : बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ती दिने सहमति  पछि परिवारले शव बुझेका छन्। सोमबार बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ज्यान गएको थियो।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएपछि  परिवार शव बुझेका थिएनन्।

आज मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधीहरुबीच पीडित परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति पछि परिवारले दुवै बालकको शव बुझेका हुन्।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड स्तरोन्नतीको काम गरिरहेका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख गरी मृतकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए।

दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुगाईएको छ। पोष्टमार्टम पछि आफन्तलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 
   
 

कमेन्ट लोड गर्नुस