सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव हिजोदेखि सडकमै

२०७७ भदौ २, ०१:४० खबर संवाददाता

बैतडी: बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव परिवारजनले बुझेका छैनन्। हिजो(सोमबार) जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावड खाल्डोमा डुबेर मृत्यु भएको थियो। 

मृतकका आफन्तहरुले २० लाख क्षतिपूर्तीको माग राखेका वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। क्षतिपूर्ती नदिँदासम्म शव नउठाउने उनीहरुले अडान लिएको वडाअध्यक्षले बताए।

मृतकका आफन्तहरुले क्षतिपूर्ती माग गरेपछि मंगलबार निर्माण व्यवसायी र मृतकका आफन्तहरुबीच छलफल हुने बताइएको छ।

खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो दुवै जनाको ज्यान गएको थियो। 

कमेन्ट लोड गर्नुस