सुनको भाउ फेरी ताेलाकाे एक लाख नाघ्यो
सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ।
मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो।