दार्चुलाका व्यवसायी मालद्वारा मास्क वितरण
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका –९ का व्यवसायी भुपेन्द्र सिँह मालले ग्राहकलाई मास्क वितरण गरेका छन्। तीज र गौराको लागि बजारमा समान किनमेल गर्न आएका सय जनालाई उनले निःशुल्क मास्क वितरण गरेका हुन।
कोरोना महामारीको संक्रमणबाट सुरक्षीत रहन मदत पुगोस भन्ने हेतुले आफुले पसलमा सामना खरिद गर्न आउने ग्राहकहरुलाई निःशुल्क मास्क वितरण गरेको उनले बताए। मास्क वितरण कार्यक्रम निरन्तर जारी राख्ने मालले बताए।