सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना

२०७७ साउन ३१, ०५:१० खबर संवाददाता

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन्। महाकाली राजमार्ग अन्र्तगत सिल्लेगडा नजिक भएको दुर्घटनामा परी दोगडाकेदार ३ श्रीकोट सिल्लका जीप साहु ४२ वर्षीय दशरथ चन्द र श्रीकोटकै उस्कलाका ४० वर्षीय करन ऐरी रहेका छन्। 

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीले जनाएको छ। सिल्लेगडाबाट खोचलेक गइरहेको से१ज ३२८ नम्बरको जीप अपरान्ह ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो।  जीप सडकबाट २०० मिटर तल खसेको छ। 

दुर्घटनाग्रस्त जीपमा २ जनामात्रै सवार रहेकाे खोचलेक प्रहरी चौकीले जनाएको छ।

कमेन्ट लोड गर्नुस