डोटीमा विचल्लीमा परेका तीन बालकका लागि सहयोग संकलन
धनगढी : डोटीमा विचल्लीमा परेका तीन बालकका लागि सहयोग संकलन अभियान थालिएको छ। जिल्लाको सायल गाउँपालिका वडा नम्बर ६ नारा गाउँका तीन जना बालकका लागि सहयोग संकलन सुरु गरिएको हो।
आमा बेपत्ता र वुबाको मृत्यु भएपछि दुई वर्षीय कृष्ण खाती,चार वर्षीय गणेश खाती र नौ वर्षीय लक्ष्मण खाती विचल्लीमा परेपछि सहयोग संकलन अभियान थालिएको हो।
लर्न बुद्ध युवा क्लब र संर्घष नेपालको साझेदारीमा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो।
क्लबका अध्यक्ष सुवास देवोलका अनुसार अहिले सम्म ८ हजार बढी संकलन भएको छ।