सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाको हार

२०७७ साउन ३१, ०८:२९ खबर संवाददाता

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेको हो।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुईरदुई गोल गर्दै बायर्नलाई जित दिलाए। जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो।

हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ। मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो। 

२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए। सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे। मुलरले ३१ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए। 

दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो  र ८–२ को जित दिलाउन सफल भयो। बायर्नले अब फाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ। 

कमेन्ट लोड गर्नुस