सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ५ दिनदेखि बेपत्ता महिलाको शव फेला

२०७७ साउन ३१, ०८:२० खबर संवाददाता

बैतडी : जिल्लाको सुर्नाया नदीमा एक महिलाको शव फेला परेको छ। सुर्नया गाउँपालिकाका वडा नम्वर ५ रौलेश्वरकी ३९ वर्षीया जानकी मडैको पाटन नगरपालिका वडा नम्वर १ को भुङ्ङ भन्ने ठाउमा शव फेला गरेको हो।

साउन २६ गते घरबाट घाँस काट्न गएकी मडै बेपत्ता भएकी थिइन्।

स्थानिय तथा प्रहरीको टोलीले खोजी गर्दा पाटन नगरपालिका १ स्थित सुर्नया नदीको भुङ्ङ भन्ने ठाँउमा उनको शव फेला गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक धन देव सावदले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस