सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा पशुपन्छी फर्म दर्ताका लागि मापदण्ड तयार

२०७७ साउन ३०, ०६:४६ खबर संवाददाता

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाले पशुपन्छी फर्म दर्ताका लागि मापदण्ड तयार गरेको छ। नगरपालिकाले विभिन्न पशुपालनका लागि मापदण्ड बनाएको हो।

नगरपालिकाले लेयर कुखुँरा र हाँसको फर्मका लागि एक हजार वटा, बोईलर कुखुराका लागि दुई हजार, ग्रामिण कुखुराका लागि पाँच सय, बाख्रा फर्मका लागि ५० वटा माउँ बाख्रा, गाई÷भैसीँ फर्मका लागि ५–१० वटा पालन गरेको हुनुपर्ने मापदण्ड तयार गरेको छ। यस्तै बुँगुरका माउँ पाँच वटा, डालेघाँसको नर्सरी पाँच कट्टामा र माछा पोखरीका लागि पाँच कट्टा जलासय हुनुपर्ने मापदण्ड तयार परिएको नगरपालिकाले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस