सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र डडेल्धुराका गरी दुई जुवाडे पक्राउ

२०७७ साउन २९, ०६:१४ खबर संवाददाता

धनगढीः डडेल्धुरा सदरमुकामबाट दुई जुवाडे पक्राउ परेका छन्।  पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका –४ का खगेन्द्रबहादुर रोकाया र कैलालीका पहलमान ठकुल्ला रहेका छन्। 

उनीहरुको साथबाट नगद ३७ हजार ६ सय २० बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। सदरमुकामको बागबजारमा रहेको एक घरमा जुवा भइरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको उनले बताए। 

जुवाको खालबाट अन्य फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी न्यौपानेले बताए। पक्राउ परेका जुवाडेमाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस